महालक्ष्मी विकास बेैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग

६ फाल्गुन २०७७, बिहीबार १६:१६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडद्धारा बाल सारथीलाई सहयोग प्रदान गरेको छ ।

बैंकले विभिन्न आर्थिक, सामाजिक कार्य गर्ने दौरानमा असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको छ ।

यसै क्रममा काठमाडौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्नका लागि बैंकले आर्थिक सहायता स्वरुप रु.५,००,००० (रु. पाँच लाख) सहयोग प्रदान गरेको हो ।

२०७७÷११÷०६ गते बिहिबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई रु. पाँच लाखको चेक हस्तान्तरण गर्दै सहयोग गरेको हो । उक्त अवसरमा

खकुरेलले संस्थामा अध्ययनरत बालबालीकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेको थियो ।
देशभर १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यव्रmमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*