राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर

६ फाल्गुन २०७७, बिहीबार १७:०६

काठमाडौं । नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीको सम्झौतामा बैंकको एक्स्टेन्सन काउन्टर बीमा कम्पनीमा संचालनमा आउने भएको छ ।

बीमा कम्पनीमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर संचालन हुने सम्बन्धमा दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बीमा कम्पनीका ग्राहकबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले एक्स्टेन्सन काउन्टर संचालन गर्न लागिएको बैंकले जनाएको छ ।

साथै कम्पनीमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने बैंकले जनाएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र कम्पनीकातर्फबाट प्रमूख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*