माछापुच्छ्रे बैंकको पहिलो आफ्नै मोबाइल वालेट संचालन

१० फाल्गुन २०७७, सोमबार १२:१९

काठमाडौं । माछापुच्छच्छ्रे बैंकले पहिलो आफ्नै मोबाइल वालेट संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा विभिन्न विशेषता तथा सुविधासहितको ‘रेमिट्याप’ मोबाइल वालेट संचालनमा ल्याएको हो ।

रेमिट्याप मोबाइल वालेटमा विभिन्न विशेषताहरु राखिएको छ जसमा केही समयपछि मात्र लागू हुने गरी विदेशबाट पठाएको रेमिट्यान्स सिधै वालेटमा जम्मा गर्न सकिनेछ ।

यसअघि कुनै पनि वालेटमा नभएको सुविधा बैंकले ल्याएको बैंकका विप्रेषण प्रमुख सुदन भण्डारीले जानकारी दिएको छ । साथै दोस्रो चरणमा विश्वभर छरिएर रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले यस रेमिट्याप एपबाटै रकम पठाउन सक्ने समेत बताएका छन् ।

उक्त रेमिट्याप एपमा मुख्यत तीन वटा फरक विशेषता रहेको बैंकले जानकारी दिएको छ । जसमा पहिलो एप प्रयोग गरेपछि भर्चुअल कार्ड बनाउन सकिने र उक्त कार्डमार्फत सपिङ गर्दा केही रकम अपुग भए आफ्ना साथीसँग कार्डमार्फत सहयोग माग्न सकिने विशेषता रहेको छ ।

त्यस्तै, खानेपानी, बिजुली, इन्टरनेट लगायत बिल तिर्न सकिने, भर्चुअल कार्ड सिर्जना गरी सामाजिक सञ्जालको माध्यमबाटै पैसा लिन र भुक्तानी दिन सकिने खालका विशेषता रहेको बताएको छ ।

साथै भर्चुअल कार्डबाट पठाउने रकम कार्डमा लेखेर सामाजिक सञ्जालका माध्यमबाट आफ्नो साथीले कार्ड पठाइदिएर त्यो कार्डलाई मर्चेन्टमा क्युआर स्क्यान गरेर रकम भुक्तानी गर्न सकिने समेत बताए । यस्तो अवस्थामा रकम पाउने व्यक्तिले भुक्तानी लिन रेमिट्याप एप डाउनलोड गर्न जरूरी समते नभएको भण्डारीले बताएका हुन् ।

त्यस्तै यसको अर्को प्रमुख फरक विशेषता भनेको एउटै एकाउन्टबाट व्यक्तिगत र मर्चेन्ट दुवैले कारोबार गर्न सकिने सुविधा हो । जसमा व्यवसायी भएको खण्डमा व्यवसाय र व्यक्ति दुवै तरिकाले एउटै एपमार्फत छुट्टाछुट्टै कारोबार गर्न सकिन्छ । साथै व्यक्तिगत र व्यवसायिक भुक्तानी फरक हिसाबले तुरून्तै लिन समेत सकिन्छ ।

त्यस्तै व्यवसायी गर्नेहरुले क्युआर कोड लिनुपर्ने झन्झट समेत यस एपमार्फत सहज भएको छ । रेमिट्याप एपमा आवश्यक डकुमेन्ट बैंकमा प्राप्त भइसकेपछि बैंकले केवाइसी भेरिफाइ गर्ने र केवाइसी स्वीकृत हुनासाथ व्यक्तिको मोबाइलमा तुरुन्तै क्युआर कोड आउने छ ।

यस एपमार्फत क्युआरका लागि कुनै झन्झट गर्नु नपर्ने र एउटै विवरणबाट प्रक्रिया सम्पन्न हुने भण्डारीले जानकारी दिएको छ । व्यक्तिको विवरण सुरक्षित राख्न नयाँ सुविधा थपिएको जानकारी गराएको छ ।

वालेटमा पैसा राख्न बैंकले दुइवटा गेट–वे दिएको छ । माछापुच्छ्रे बैंकका साथै कनेक्ट आइपिएसका प्रयोगकर्ताले सजिलै वालेटमा रकम ट्रान्सफर गर्न सक्नेछन् । साथै वालेटमा भएको पैसा कार्डमा पनि राख्न सकिनेछ । एप डाउनलोडपछि व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ र बैंकले विवरण जाँच गरिसकेपछि यसको सेवा प्रयोग गर्न सकिने भण्डारीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*