लक्ष्मी र माछापुच्छ्रे बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता

११ फाल्गुन २०७७, मंगलवार १२:३१

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र लक्ष्मी र माछापुच्छ्रे दुई वाणिज्य बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता बैंक लिमिटेड दुई वाणिज्य बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता भएको छ ।

माबिलुङ्ग इनर्जी लि. संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकसमेत जम्मा २ वटा वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने मिति २०७७/११/१० का दिन कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।

उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ९३ करोड ७० लाख रहेकोछ ।

माबिलुङ्ग इनर्जी लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल चैत्र १२ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल श्रावण ९ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ । माबिलुङ्ग इनर्जी लि. लाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि., गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लि. लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन र सोका अध्यक्ष राजेश लाल श्रेष्ठ हुन् ।

बैंकहरुले आयोजना लागतको ७० प्रतिशत (रु.६५ करोड ५९ लाख) र वाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी रहनेछ । उक्त आयोजनाको लागि सहभागी बैंकहरुले गर्ने आवधिक कर्जा अन्तर्गतको लगानी निम्न बमोजिम रहेकोछ ः
– लक्ष्मी बैंक लि.को रु.३९ करोड ९९ लाख
– माछापुच्छे« बैंक लि.को रु.२५ करोड ६० लाख

उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जी लि. ले झण्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउनेछ ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९/२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएकाछन र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेकोछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*