नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा सिराहामा

११ फाल्गुन २०७७, मंगलवार १६:१७

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले सिराहामा नयाँ शाखा संचालनमा ल्याएको छ ।

लाहान नगरपालिका वडा नं. ८ सिराहामा बैंकले आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार संचालन गरेको हो ।
विस्तारित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश नंं. २ का प्रबन्धक सुशिल श्रेष्ठले गरेका हुन् ।

लाहान शाखाले बैंकका ग्राहकहरुलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ८७ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*