निफ्राको शेयरमा माफियाको चलखेल, मूल्य घटाएर सर्वसाधारणको शेयर खोस्ने षडयन्त्र

१२ फाल्गुन २०७७, बुधबार ११:२४

काठमाडौं । नेपाल इन्फास्टक्चर बैंक (निफ्रा) को शेयर मूल्यमा शेयर माफियाहरुले चलखेलको प्रयास गरेका छन् । सामूहिक रुपमा सानो भोल्युममा शेयर मूल्य घटाएर सर्वसाधारणलाई आतंकित पार्दै शेयर मूल्य घटाउने रणनीतिमा शेयर माफियाहरु सक्रिय रहेको खुलेको छ ।

अनलाईनबाट कारोबार हुने हुँदा सर्वसाधारणले थाहा नपाउने गरी भइरहेको खेलमा शेयर बजारका ठूला खेलाडीहरुले सामूहिक रुपमा मिलेर काम गरिरहेको देखिएको छ । हिजोदेखि घटेको शेयर मूल्य आज पनि तीव्र अंकले घटेपछि सर्वसाधारण थप आतंकित बनेका छन् । यो समाचार तयार पार्दासम्म प्रतिकित्ता ५६४ रुपैयाँमा कारोबार भइरहेको शेयर अझै मूल्य घट्न सक्ने देखिएको छ ।

शेयर बजारका खेलाडीहरुले शेयरको मूल्य घटाएर थोरै भोल्युममा शेयर बिक्री गर्ने, सर्वसाधारण आत्तिएर भटाभट शेयर बिक्री गर्न थालेपछि ठूलो मात्रामा शेयर किन्ने आफ्नो कब्जामा पार्ने बजार नीति आज प्रयोग भइरहेको देखिएको छ ।

कूल २० अर्बको चुक्ता पुँजि भएको निफ्राको शेयर मूल्य अन्य कम्पनीहरुको तुलना निकै तल रहेकोले अझै बृद्धि हुने भएपनि शेयर माफियाहरुको चलखेलका कारण लाखौं सर्वसाधारणले सस्तोमा शेयर बिक्री गर्न बाध्य हुने भएको छ । गत महिनामात्रै जारी भएको निफ्राको आईपिओ १५ लाख मानिसले किनेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*