विष्णु पौडेल अर्थमन्त्रीबाट हट्दै, शेयर बजार गर्ल्याम्मै ढल्ने त होइन ?

१२ फाल्गुन २०७७, बुधबार १२:०१

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेसँगै वर्तमान सरकार ढल्ने लगभग निश्चित बनेको छ । सरकार ढलेसँगै वर्तैमान अर्थमन्त्री विष्णु पौडेल समेत बाहिरिने छन् । गत असोजमा विष्णु पौडेल अर्थमन्त्री बन्नुअघि नेपालको शेयर बजार निकै तल थियो । नेप्से परिसूचक १२०० हाराहारीमा बस्ने गर्दथ्यो ।

तर, अर्थमन्त्रीका रुपमा विष्णु पौडेल नियुक्त भएर आएदेखि नै शेयर मूल्य यसरी आकासियो किन अर्थमन्त्री विष्णु पौडेल शेयर लगानीकर्ताहरुको लागि भगवान नै हुन् । हुन पनि २६०० को ऐतिहासिक रेडर्क ब्रेक गरेर शेयर बजार उच्च बिन्दुमा कारोबार भइरहेको छ ।

तर, अब शेयर बजारमा ऐतिहासिक रेडर्क तोड्ने अर्थमन्त्रीले सिंहदरवार छोड्नै पर्ने अवस्था आएपछि शेयर बजारमा पनि तरंग आएको छ । हिजो एकैदिन नेप्से १०० अंकले गिरावट आउँदै सम्हालिए पनि आज पनि शेयर बजारमा पहिरो जाने क्रम रोकिएको छैन । केही आर्थिक विश्लेषकहरुले कुनै पनि कारण बिना नै अर्थमन्त्रै विष्णु पौडेलकै कारण उच्च अंकमा पुगेको शेयर कारोबार विष्णु पौडेलको बहिर्गमनसँगै शेयर बजारमा अहिलेसम्मकै ठूलो पहिरो जाने खतरा समेत रहेको चेतावनी दिएका छन् ।

तर, शेयर बजार घट्नु पर्ने कुनै कारण भने छैन । हिजो १२०० हाराहारीमा बसेको नेप्से परिसूचक २६०० पुग्नेगरी शेयर मूल्य बृद्धि हुनुमा कुनै कारण थिएन भने आज एउटा अर्थमन्त्री फेरिदैमा शेयर मूल्यमा तीव्र गिरावट आउनुपर्ने कुनै कारण छैन ।

अर्थमन्त्रीले शेयर बजारलाई सुधारको लागि बैंकबाट लिने ऋणमा केही सहज बनाएको भएपनि वर्तमान अर्थमन्त्री जाने वित्तिकै विगतका नीतिहरु तत्कालै खारेज नहुने हुँदा आत्तिनु पर्ने कारण छैन । तर, हल्ला नै हल्लाको भरमा चल्ने शेयर बजारमा विशाल पहिरो गएछ भने कुनै आश्चर्य भने हुनेछैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*