सिष्टम अडिट गर्दै नेप्से, ग्रिन टिक नेपाल नामक कम्पनी छानियो

१७ फाल्गुन २०७७, सोमबार १७:४७

काठमाडौं । नेप्सेको सर्भरमा बारम्बार आइरहेको समस्या पत्ता लगाई दीर्घकालिन रुपमा समस्या हल गर्न तथा सेवा प्रवाहको सम्बन्धमा अनुसन्धान गर्न सिष्टम अडिट हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्जले यही फागुन १६ गते सूचनामार्फत सिष्टम अडिट गर्ने कम्पनी छनौट गरेको हो । कम्पनीले आह्वान गरेको टेण्डरमा सहभागी काठमाडौं मिनभवनमा कार्यालय रहेको ग्रिन टिक नेपाल प्रा.लि.ले नेप्सेको सिष्टम अडिट गर्न लागेको हो ।

नेप्सेको सर्भरमा बारम्बार समस्या आएर अनलाईन शेयर कारोबार गर्नै समस्या परेपछि गत असोज १ गते सिष्टम अडिटको लागि टेण्डर आह्वान गरेको थियो । नेप्सेलाई सर्भर सेवा दिइरहेका सुबिसु केवल नेट, वेभसर्फर र भायोनेटको ब्याण्डविथ सेवाको गुणस्तरका साथै कम्पनीले हाल प्रयोग गर्दै आएको सर्भर सिष्टमहरुको अपडेट गर्ने सम्बन्धमा सुझाव दिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*