नेपाल इन्स्योरेन्स कम्पनीले एनसीसी बैंकको नौ लाख कित्ता शेयर बिक्री गर्दै

१८ फाल्गुन २०७७, मंगलवार ०९:३२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले एनसीसी बैंकको नौ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ । सो कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ठूलो मात्रामा संस्थापक शेयर बिक्री गर्न लागेको हो । नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्न भन्दै निवेदन दिएपछि बैंकले सुचनामार्फत संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाइएको जनाएको छ ।

एनसीसी बैंकले आप्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्न नेपाल इन्स्योरेन्स कम्पनीसहितका चार कम्पनीहरुले दिएको निवेदनको आधारमा यही फागुन १७ गते सार्वजनिक सूचनामार्फत संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरिद गर्न आह्वान गरेको हो ।

३५ दिने सूचनामार्फत आह्वान गरिएको अवधीभित्रमा शेयर बिक्री नभएमा लिलाम बढाबढको माध्यमबाट बिक्री हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*