‘सदस्यहरुको सन्तुष्टीलाई ध्यानमा राखेमात्र सहकारी प्रभावकारी हुन सक्छ’: जिसी

१८ फाल्गुन २०७७, मंगलवार ११:१३

काठमाडौं । राष्ट्रिय सहकारी बैकका केन्द्रीय सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीका सदस्यहरुको सन्तुष्टीलाई ध्यानमा राखे मात्र सहकारी साच्चिकै प्रभावकारी हुन सक्ने कुरालाई जोड दिएका छन् ।

सहकारी व्यवसायलाई प्रभावकारी बनाउनका लागि सदस्यहरुको सन्तुष्टीलाई ध्यानमा राखेर काम गर्नु पर्नेमा संयोजक जिसीले जोड दिएका हुन् ।

जिल्ला वचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाको आठौ वार्षिक साधारणसभाको उद्घाटनमा बोल्दै जिसीले यस्तो बताएका हुन् । सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यहरुको हितमा हुने योजना र कार्यक्रम बनाएर सदस्यहरुका लागि काम गर्ने सहकारीहरु कहिल्यै समस्यामा नपर्ने उनको भनाइ थियो ।

सदस्यहरुलाई ग्राहकका रुपमा लिने प्रवृतिका कारण सहकारीको मर्म व्यवहारमा कार्यान्वयन नभएको भन्दै उनले सदस्यहरुको हितलाई केन्द्रमा राखेर काम गर्ने सहकारीहरु सफल भएको दावी गरे ।

सहकारीमार्फत उद्यमशिलता विकासका लागि विभिन्न ऐनहरु वाधक रहेको चर्चा गर्दै सहकारीमार्फत व्यवसाय सञ्चालनका लागि वाधक ऐनहरु परिमार्जन गर्न आवश्यक रहेको उनले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*