कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थपियो

१८ फाल्गुन २०७७, मंगलवार १२:५०

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडद्वारा बिक्री खुल्ला गरेको कुमारी इक्विटी फन्ड नामक सामुहिक लगानी कोषको आवदेन म्याद थपिएको छ ।

फागुन १४ गते देखि बिक्री खुल्ला गरेको कुमारी इक्विटी फण्ड लगानी कोषमा आवेदन दिने म्याद १० दिन थपिएको छ । यद्यपि माग बजोजिमको आवेदन परेपछि जुनसुकै बेला बन्द गर्न सकिने कम्पनीले जनाएको छ ।

कुमारी इक्विटी दश वर्षे बन्दमुखी योजना भएकोले कम्पनीले उक्त फन्डमा छिटोमा १८ गतेसम्मा आवेदन बन्द हुने भनिएकोमा १८ गते सम्ममा माग बमोजिमको आवेदन नपरेपछी आवेदनको म्याद थपिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो । फण्डले १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई खुल्ला गरेको हो । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*