तनहुँमा सहकारी सुशासन सम्बन्धमा गोष्ठी सम्पन्न

१९ फाल्गुन २०७७, बुधबार १२:२२

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका भित्रका सहकारीकर्मीहरुलाई सहकारी सुशासन सम्बन्धमा जानकारी दिने उदेश्यका साथ एक दिने गोष्ठी सम्पन्न भएको छ ।

सहकारी रजिष्ट्रार कार्यालय पोखरा, शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय सहकारी बैंक दमौली शाखाको संयुक्त आयोजनामा तनहुँको दुलेगौडामा आयोजित कार्यक्रमका सहकारीको योगदान बढाउनका लागि सुशासन निर्माणमा जोड दिएका हुन् ।

सहकारीलाई सुशासनयुक्त बनाउनका लागि सहकारी ऐन, नियमावली, विनियम र कार्यविधिका आधारमा सहकारीहरु सञ्चालन गर्ने, सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरी सहकारीको मूल्य मान्यता र आदर्शका आधारमा काम गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारीमार्फत जनताको आर्थिक, सामाजिक जीवनस्तर थप प्रभावकारी बनाउनका लागि सहकारी मूल्य, मान्यता र सिद्धान्त तथा ऐन कानुनको परिपालनामा जोड दिए । सहकारीको प्रवद्र्धनका लागि प्रदेश सहकारी रजिष्ट्रार कार्यालय सदैव तत्पर रहेको र सबैसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*