झापाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

१९ फाल्गुन २०७७, बुधबार १२:४३

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो ग्राहकवर्गलाई सेवा सुविधा दिने क्रममा विभिन्न क्षेत्रमा आफ्नो शाखा विस्तार गर्दै आइरहेको छ । यसैबीच बैंकले झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ६ स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा फागुन १८ गतेदेखि आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका विच प्रभु बैंक पुर्वाञ्चल क्यान्सर अस्पताल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।

 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले विर्तामोड नगरपालिकाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।

पुर्वाञ्चल क्यान्सर अस्पताल मा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल होस् भन्ने उद्देश्यले उक्त अस्पतालमा बैंकको एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको बैंकले जनाएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*