मोलुङ्ग हाइड्रोपारको सेयर निष्काशन चाँडै, बिक्री प्रबन्धकमा सनराईज क्यापिटल

१९ फाल्गुन २०७७, बुधबार १३:२१

काठमाडौं । मोलुङ्ग हाइड्रोपावरले  सर्वसाधारणको लागि चाँडै शेयर निष्काशन गर्ने भएको छ ।
आयोजनाले सर्वसाधारणको लागि निष्काशन गर्न लागेको १ सय रुपँैया अंकित दरका ३५ लाख ३१ हजार कित्ता निष्काशन गर्न लागेको हो ।

हाइड्रोपावरले  सर्वसाधारणको साधारण सेयर ३५ लाख ३१ हजार कित्ता मध्ये आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुको लागि ८ लाख २ हजार ५ सय कित्ता छुट्टाइएको छ ।

उक्त हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल नियुक्त भएको हो । साधारण शेयर निष्काशनको लागि कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन र सन्राइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*