चन्द्रागिरीको सेयर मूल्यमा पोजेटिभ सर्किट, प्रतिकित्ता कति पुग्यो ?

२० फाल्गुन २०७७, बिहीबार १३:४३

काठमाडौं । सर्वसाधारणको लागि १०० रुपैंया अंकित दरमा १० कित्ताको दरले बाँडफाँड गरेको चन्द्रागिरी हिल्स कम्पनीको लामो समयपश्चात सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बिहिबार कारोबार खुलेको केही अवधिमा नै चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
केही दिनदेखि सेयर बजार घटिरहेको अवस्थामा कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेर सेयर मूल्य बृद्धि भएको छ ।

निफ्रा लगायतका विभिन्न सेयर बजार घटेपनि चन्द्रागिरी हिल्स कम्पनीको सेयर मूल्यमा भने निरन्तर पोजेटिभ सर्किट लागेर बिहिबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६०५ रुपैंया पुगेको हो । जुन बुधबार कम्पनीको सेयर मूल्यको तुलनामा ५५ रुपैंया बढि हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*