नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो पटक महिला सिफारिस

शुक्रबार नै राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नियुक्ती गर्ने तयारी
२० फाल्गुन २०७७, बिहीबार २२:०२

काठमाडौं । सरकारले सम्भवतः भोलि शुक्रबार नै नेपाल राष्ट्र बैंकमा रिक्त दुई गर्भनर पदमा पदपूर्ति गर्नेछ । त्यसको लागि नेपाल राष्ट्र बैंकले सरकारलाई बाटो खोलिदिएको छ । नेपाल राष्ट्र बैंकले चार जनालाई डेपुटी गभर्नरमा सिफारिस गरेकोेछ । नेपाल राष्ट्र बैंकको इतिहासमा पहिलो पटक महिलालाई पनि डेपुटी गभर्नरमा नियुक्तीको लागि सिफारिस गरिएको छ ।

राष्ट्र बैंकका गभर्नर अधिकारी महाप्रसाद अधिकारीले रिक्त डेपुटी गभर्नर पदमा मन्त्रिपरिषदबाट नियुक्तीका लागि कार्यकारी निर्देशकहरु डा. निलम ढुङ्गाना तिम्सिना, देव कुमार ढकाल, डा. गुणाकर भट्ट र डा. प्रकाश कुमार श्रेष्ठको नाम सिफारिस गरेको छन् । अब सरकारले उल्लेखित मध्येबाट दुई जनालाई डेपुटी गभर्नर पदमा नियुक्त गर्नेछ । सो मध्ये डा. ढुंगाना सिनियर कार्यकारी निर्देशक हुन् । उनी सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख रहेकी छिन् ।

सरकारले पहिलो पटक महिलाको नाम सिफारिस भई आएकोले उनलाई डेपुटी गभर्नर बनाउने सम्भावना बलियो रहेको छ । त्यस्तै, अर्का देवकुमार ढकाल, र प्रकाश श्रेष्ठ मध्येबाट एक जनालाई डेपुटी गर्भनर बनाउने सम्भावना रहेको जनाइएको छ । यद्यपि उल्लेखित चार जना मध्ये जो सुकैलाई सो पदमा नियुक्त गर्न सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*