फेरि आयो अर्को आईपिओ, चैत्र ६ गतेदेखि सिंगटी हाईड्रोपावरको आईपिओ खुल्दै

२१ फाल्गुन २०७७, शुक्रबार ११:३५

काठमाडौं । आजदेखि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको ६६ लाख कित्ता आईपिओको बिक्री खुल्ला भएको छ । प्राथमिक शेयरमा आवेदन दिन चाहनेहरुलाई अर्को खुशीको अवसर सार्वजनिक भएको छ ।

दोलखा जिल्लामा जल विद्युत उत्पादनको काम गर्दै आइरहेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आगामी चैत ६ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले चैत ६ देखि १० गतेसम्म ४ दिनको समय सीमा राखेर आवेदन खुल्ला गरेको हो ।

सिंगटी हाईड्रोपावर कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरमा २९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

सो आईपिओमा माग भन्दा बढि आवेदन पर्ने निश्चित छ । गोलाप्रथाबाट बाँडफाँड हुने आईपिओ न्यूनतम् १० कित्ता नीति अनुसार दुई लाख ६९ हजार ७०० जनाले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*