नेपाल इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा, चुक्ता पुँजी २० अर्ब

२३ फाल्गुन २०७७, आईतवार १३:०५

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) तेस्रो वर्षमा प्रवेश गरेको छ ।

बैंक विधिवत् सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको हो । यो बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो ।

मुलुकको पूर्वाधारहरुका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो । २० अर्ब चुक्ता पुँजीको यो बैंकमा संस्थापक समूहको १२ अर्ब र सर्वसाधारणको ८ अर्ब लगानी छ ।

बैंकले केही दिन अघिमात्र सर्वसाधारणका लागि सेयर निष्कासन गरी चुक्ता पुँजी २० अर्ब पु¥याइसकेको छ ।
साथै नेपाल सरकारको १० प्रतिशत, ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरुको लगानी रहेको छ । यस बैंकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरु र बिमा कम्पनीहरु समेतको लगानी छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*