ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने, तीन दिनमा पर्यो ११ लाखको आवेदन

२३ फाल्गुन २०७७, आईतवार २१:४७

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओमा आइतबार साँझसम्म ११ लाखको आवेदन परेको छ । ठूलो मात्रामा आवेदन परेसँगै अब ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुने निश्चित भएको हो ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार हालसम्म दुई करोड ३५ लाख कित्ताको लागि कित्ताको लागि आवदेन परेको छ ।

कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारण समुह तर्फको ६६ करोड रुपैयाँको ६६ लाख कित्ता प्राथमिक शेयरका लागि आवेदन खुल्ला गरेको थियो । उक्त आईपिओमा फागुन २६ गतेसम्म आवेदन दिन पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*