सर्वाेत्तम सिमेन्टको ५० कित्ता आईपिओको लागि साढे ३७ हजार चाहिने

२४ फाल्गुन २०७७, सोमबार १२:४५

काठमाडौं । सर्वोत्तम सिमेन्टले चाँडै आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर बाँडफाँडको लागि नेपाल धितोपत्र बोर्डमा प्रक्रिया थालिसकेको छ ।

कम्पनीले जारी गर्ने आईपीओको मूल्य प्रतिकित्ता ७५० रुपँैया तोकिएको छ जुन अन्य कम्पनीको तुलनामा प्रतिकित्ता ६५० नै महँगो हो । कम्पनीले बुक बिल्डिङ बिधिबाट सर्वसाधारण सेयर जारी गर्ने तयारी गरेको हो ।

अन्य कम्पनीहरुको आईपीओको मूल्य प्रतिकित्ता १०० रुपैंयाका दरले खरिद गर्न सकिन्थ्यो भने सर्वोत्तम सिमेन्टको आईपीअको मूल्य प्रतिकित्ता ७५० हुँदा सर्वसाधारण लगानिकर्ताहरुले यसको आलोचना र आईपीओ मूल्य महँगो भयो भन्दै खण्डन समेत गरेका छन् ।

नवलपरासीको सुनवलमा फ्याक्ट्री र पाल्पा र चितवनमा चुनढुङगा खानी रहेको यस कम्पनीले चितवन, पाल्पा र नवलपरासिको लागि स्थानीय कोटामा र बाँकी सवैका लागि आईपीओ निष्काशन गर्न लागेको हो । ट्रिपल बी प्लस रेटिङमा रहेको यस कम्पनीले लगानीकर्तालाई राम्रो प्रतिफल दिने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार संस्थागत लगानीकर्ताहरुका लागि ७५० रुपैयाँ मूल्य तोकिएको छ भने सर्वसाधारण लगानीकर्ताहरुको लागि भने संस्थागत लगानीकर्ताहरुको तुलनामा १० प्रतिशत कम पर्नेछ, यानिकि ६७५ रुपैंया प्रतिकित्ता ।

साथै कम्पनीले केही दिनअघि आईपीओको मूल्यमा २० प्रतिशत हेरफेर हुन सक्ने जनाएको थियो, जसमा ७५० बाट बढ्न वा घट्न पनि सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*