सिंगटी हाइड्रोको आईपीओ चैत ६ गते, कति कित्ता भर्न पाउने ?

२८ फाल्गुन २०७७, शुक्रबार ११:५१

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार साधारण सेयर निष्काशन गरिरहेको समयमा सिंगटी हाइड्रो इनर्जीले चैत ६ गते साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले केही समयअघि चाँडै आईपीओ निष्काशन गर्ने सूचना जारी गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैंयाका दरले २९ करोड रुपैयाँको २९ लाख कित्ता आईपीओे निष्काशन गर्ने भएको हो । जसमा ५८ हजार कित्ता सेयर कर्मचारी र १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ । र बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवदेन दिन सक्नेछन् ।

आवदेकले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ । चैत ६ गतेदेखि निष्काशन हुने आईपीओ चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त तोकिएको अवधिभित्रमा मागअनुसारको आवदेन नपरेमा चैत २० गतेसम्म दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*