प्रिमियर इन्स्योरेन्सको २७ औं साधारणसभा चैत्र २३ गते, ११.०५% नगद लाभांश प्रस्ताव पारित गर्ने

१ चैत्र २०७७, आईतवार ०९:०६

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले २७ औं बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आज सूचनामार्फत आगामी चैत्र २३ गते काठमाडौंमा बार्षिक साधारणसभा आह्वान गरेको हो ।

यही फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको बार्षिक साधारणसभा आह्वान गर्ने र सञ्चालक समितिमा पेश गर्ने प्रस्तावहरुको सम्बन्धमा निर्णय गरेको जनाएको छ ।

साधारणसभामा आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरी पारित गर्ने कार्ययोजना छ । अन्य नियमित प्रस्ताव अन्तर्गत लेखा परिक्षण प्रतिवेदन पारित गर्ने, वित्तीय विवरणहरु पारित गर्ने तथा चालु आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले विशेष प्रस्तावको रुपमा नियमावली संशोधन प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

यसैबीच, कम्पनीको बुक क्लोज यही चैत्र ११ गतेदेखि हुने भएको छ । कम्पनीले चैत्र १० गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र लाभांश पाउने तथा आगामी बार्षिक साधारणसभामा भाग लिन पाउने व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*