१० करोड कित्ता ब्लुचिप फण्डमा आजदेखि आवेदन खुल्ला, न्यूनतम् हजार रुपैयाँमै किन्न सकिने

१ चैत्र २०७७, आईतवार १०:०९

काठमाडौं । सनराइज बैंकले प्रबद्र्धन गरेको ‘सनराइज ब्लुचिप फण्ड’ मा आजदेखि सबै सर्वसाधारणलाई आवेदन खुल्ला गरिएको छ । १० वर्षे अवधीको बन्दमुखी सामूहिक लगानी कोषमा न्यूनतम एक हजार रुपैयाँदेखि माथि लगानी गर्न सकिने छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सामूहिक लगानी कोष बिक्रीका लागि आजबाट आवेदन खुल्ला गरेको हो । अन्य सामूहिक लगानी कोष जस्तै उक्त ब्लुचिप फण्ड १० वर्षे बन्दमुखी परियोजना हो ।

प्रति ईकाई १० रुपैयाँ अंकित कूल १० करोड कित्ता ईकाई मध्ये एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिने सनराईज क्यापिटलले जनाएको छ ।

फण्डको इकाईमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा चैत १६ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ ।

उक्त ब्लुचिप फण्डमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*