५१ अंकले घट्यो नेप्से, कारोबार पाँच अर्ब पुगेन

१ चैत्र २०७७, आईतवार १५:११

काठमाडौं । साताको पहिलो दिन शेयर कारोबारमा निराशा छाएको छ । मूल्य परिसूचक नेप्से इन्डेक्स समेत ५१ अंकले घटेको छ भने कारोबार समेत पाँच अर्ब समेत पुग्न सकेको छैन ।

आइतबार नेप्से परिसूचक २४०७.२५ मा सीमित भएको छ । आइतबार नेप्से परिसूचक ५१.२३ अंकले घटेको हो । आइतबार शेयर मूल्य २.०८ प्रतिशतले घटेको छ ।

आइतबार शेयर कारोबार समेत घटेको छ । केही समयदेखि उच्च कारोबार हुँदै आएकोमा आइतबार चार अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*