ग्रीनलाइफको आइपीओ भोलिबाट कारोबार हुने, एक करोड ८० लाख कित्ता शेयर  नेप्सेमा सूचिकृत

२ चैत्र २०७७, सोमबार १३:३२

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावरको साधारण शेयर (आइपीओ) को भोलिबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने भएको छ । नेप्सेमा आज कम्पनीको १ करोड ८० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ ।

आज सूचिकृत भएको शेयर प्रिम्याचिङमा कारोबार सीमा रकम भित्र म्याचिङ भएको अवस्थामा भोलिबाट कारोबार हुनेछ । नेप्सेले ग्रिनलाईफ हाईड्रोपावरको शेयरको मूल्य न्युनतम प्रतिकित्ता ९९।६७ रुपैयाँ र अधिकतम २९९।०१ रुपैयाँसम्म तोकेको छ ।
नेप्सेले कम्पनीको सिम्बोल जीएलएच दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*