आईपिओको लागि मनकामना स्मार्ट लघुवित्तले पायो बीबी माईनस रेटिङ

२ चैत्र २०७७, सोमबार १७:१७

काठमाडौं । आईपिओ निष्काशन गर्न लागेको मनकामना स्मार्ट लघुवित्तले बीबी माइनस रेटिङ पाएको छ । कम्पनीले साधारण शेयर (आइपीओ) निष्काशनका लागि रेटिङ गराउँदा बीबी माइनस पाएको हो ।

बीबी माइनस रेटिङले कम्पनीको अवस्था औषत भन्दा राम्रो रहेको देखिएको छ । उक्त रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ ।

साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको तथ्य सार्वजनिक भएको छ । सो कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*