महालक्ष्मी विकास बैंक र नेपाल हाईड्रो डेभलपर कम्पनीको शेयर मूल्य समायोजन

३ चैत्र २०७७, मंगलवार ०९:११

काठमाडौं । साधारणसभापछि वितरण गरिने लाभांशको लागि गरिएको बुक क्लोजपछि दुई कम्पनीको शेयर मूल्य आज समायोजन गरिएको छ । नेप्सेले महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर लिमिटेडको मूल्य समायोजन गरेको हो ।

दुवै कम्पनीले साधारण सभामा बोनस शेयरको प्रस्ताव गरेका छन् । सो कार्यका लागि हिजो अर्थात मंगलबार बुक क्लोज गरेका उनीहरुले आजबाट पुनः कारोबार सुचारु हुनुअघि शेयर मूल्य समायोजन गरिएको हो ।

महालक्ष्मी विकास बैंकले ८.८० प्रतिशत बोनस शेयर र ०.४६ प्रतिशत नगद (कर प्रयोजनको लागि) वितरण गर्दैछ । सो कम्पनीले आगामी चैत्र १३ गतेका लागि आह्वान गरेको साधारणसभाको लागि मंगलबार तोकेको बुक क्लोज मितिपछि शेयरमूल्य २९३ बाट २६९ कायम गरिएको हो ।

त्यस्तै, नेपाल हाइड्रो डेभलपर कम्पनीले पछिल्लो तीन आर्थिक बर्षको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बुक क्लोजअघि ३७४ रुपैयाँ रहेको सो कम्पनीको शेयर मूल्य आज बोनस शेयरपछि ३२५ रुपैयाँ कायम गरिएको नेप्सेले जनाएको छ । नेपाल हाईड्रोको पछिल्लो तीन वर्षको साधारणसभा एकै पटक यही चैत्र १७ गते हुँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*