महिला लघुवित्तको आईपिओ आजैबाट कारोबार हुने, १० लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

३ चैत्र २०७७, मंगलवार ०९:२७

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आजैबाट हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो सो कम्पनीको १० लाख कित्ता शेयर सूचिकृत भएको छ ।

सोमबार नेप्सेमा सूचिकृत भएसँगै सो कम्पनीको शेयर कारोबार आजैबाट हुने भएको छ । आज विहान ११ बजेदेखि नेप्सेमा नियमित कारोबार हुनेछ । महिला लघुवित्तको शेयर मेरो शेयरको खातामा आइसकेको छ । हिजै राति अबेरसम्म सो कम्पनीको शेयर धनीहरुको खातामा पठाइएको सो कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*