महिला लघुवित्तको आईपिओको ओपनिङ रेञ्ज नै ९३९ रुपैयाँ

३ चैत्र २०७७, मंगलवार ०९:३९

काठमाडौं । आजबाट शेयर कारोबार हुने महिला लघुवित्त वित्तीय संस्थाको ओपनिङ रेञ्ज नै हजार नजिक रहेको छ । सो आईपिओमा आवेदन दिएका मध्ये थोरैलाई मात्रै शेयर परेकोमा शेयर परेकाहरु भने मालामाल बनेका छन् ।

नेप्सेका अनुसार आजबाट हुने शेयर कारोबारको लागि ओपनिङ रेञ्ज नै न्यूनतम् ३१३.१६ रुपैयाँ र अधिकतम् ९३९.४८ रुपैयाँ तोकिएको छ । ओपनिङ रेञ्जमा अधिकतम् मूल्यमा कारोबार भएमा सो कम्पनीको शेयर मूल्य आजै एक हजार माथि पुग्नेछ ।

यसअघिका चन्द्रागिरी हिल्समा जस्तै सेटिङमा कोरोबार भएमा भने वास्तविक कारोबार हुन केही समय लाग्ने देखिएको छ । कम्पनीको वित्तीय अवस्था निकै राम्रो भएकोले सो कम्पनीको शेयर मूल्य ओपनिङ रेञ्जमै हजार नजिक पुगेकोे हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*