नेप्से ४० अंकले बढ्दा कारोबार तीन अर्ब ३७ करोडमा सीमित

४ चैत्र २०७७, बुधबार १५:१०

काठमाडौं । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्जमा शेयर मूल्य उच्च अंकले बृद्धि भएको छ । शेयर मूल्य उच्च अंकले बढेपनि कारोबार भने साढे तीन अर्ब रुपैयाँ समेत पुग्न सकेन ।

केही दिनदेखि घट्ने क्रममा रहेको नेप्से बुधबार एकाएक ४० अंकले बृद्धि भएपनि लगानीकर्ताहरु उत्साहित नदेखिँदा कारोबार रकम भने थोरैमा सीमित भएको हो । बुधबार कूल ८६ लाख २६ हजार ६६७ कित्ता शेयर तीन अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँको कारोबार भएको छ ।

शेयर मूल्यमा उच्च बृद्धि भएकोले परिसूचक ४०.४० अंकले बृद्धि भई २४३२.१४ पुगेकोछ । बुधबार शेयर मूल्य १.६९ प्रतिशतले बृद्धि भएको छ । कूल २१२ वटा कम्पनीको शेयर कारोबार भएकोमा सबै सूचांकहरु हरियो बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*