बार्षिक साढे नौ प्रतिशत लाभांश दिने तीन अर्बको एनसीसी ऋणपत्रको बिक्री खुल्ला

५ चैत्र २०७७, बिहीबार १६:१३

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाइरहेको बेला नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले बार्षिक साढे नौ प्रतिशत लाभांश ग्यारेन्टी गर्दै तीन अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुल्ला गरेको छ । यही चैत १३ गतेदेखि निष्काशन हुने सो ऋणपत्र चैत्र १८ गतेसम्म आवेदन दिन सकिने सो बैंकले जनाएको छ ।

२०८६ साल परिपक्क हुने ऋणपत्रको प्रति ईकाई मूल्य एक हजार रुपैयाँ छ । न्युनतम २५ र अधिकतम तीन लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यो ऋण पत्रको प्रतिफल हरेक ६।६ महिनामा खरिदकर्तालाई वितरण गरिने बैंकले जनाएको छ ।

कुल निष्काशन ३० लाख कित्ता मध्ये १२ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोष र सर्वसाधारणलाई बिक्री गरिने छ । यसमध्ये पनि ६० हजार कित्ता सामूहिक लगानी कोषले पाउने छन्। बाँकी १८ लाख कित्ता संघसंस्थाहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*