नेप्सेमा उछाल, ४२ अंकले परिसूचक बढ्दा साढे चार अर्ब बढि कारोबार

५ चैत्र २०७७, बिहीबार १६:२०

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहिवार उछाल आएको छ । शेयर मूल्य ४२.९५ अंकले बृद्धि भई २४७५.०९ बिन्दु कायम हुन आएको छ । बिहिवार कारोबार भएका कूल २१३ कम्पनीका एक करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर किनबेच हुँदा चार अर्ब ६४ करोड ३३ लाख ७३ हजार ९ सय ९१ रुपियाँ बराबरको कारोबार भएको छ ।

साताको अन्तिम दिन व्यापार समुह बाहेक अरु समूहमा हरियाली छाएको छ । ट्रेडिङ समूह ३९.६ अंकले घटेको छ । सबैभन्दा बढी जीवन बीमा समूह ४१५.४७ अंक र निर्जीवन बीमा समूह १९१.०८ अंकले बढ्न सफल भएको छ । जीवन बीमा समुहको शेयर मूल्यबृद्धिलाई आश्चर्यको रुपमा हेरिएको छ ।

बिहिवार यूनाइटेड इदी मर्दी हाइड्रो र ग्रीनलाइफ हाइड्रोको १०–१० प्रतिशत र चन्द्रागिरि हिल्सको ९.९६ प्रतिशत र नेपाल बंगलादेश बैंकको ९.७५ प्रतिशत शेयर मूल्यबृद्धि भएको छ ।

त्यस्तै, जोशी हाइड्रोको शेयर मूल्य ६.८५ प्रतिशत र आँखुलोला जलविद्युतका लगानीकर्ताले ६.३३ प्रतिशतले घटेको छ । नेपाल बंगलादेश बैंकको बैंकको ७६ करोड ७६ लाख ५९ हजार ४ सय ९१ रुपियाँ बराबरको शेयर किनबेच भएर उच्च कारोबार हुने कम्पनीको सूचिमा पहिलो नम्वरमा पुग्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*