सिंगटी हाइड्रोको २९ लाख कित्ता आईपीओ आजदेखि बिक्री सुरु, कति कित्ता भर्ने आवेदन ?

६ चैत्र २०७७, शुक्रबार ०९:५४

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओमा आवेदन खुल्ला गरेको छ । सो कम्पनीले निष्काशन गर्न लागेको २९ लाख कित्ता आईपीओमा आजदेखि आवेदन खुल्ला गरिएको हो । उक्त आईपिओको आवेदन यही चैत्र १० गते कार्यालय समयभित्र बन्द हुनेछ ।

आज विहान ११ बजेदेखि मेरो शेयरमार्फत र सि आश्वा सदस्य बैंकमार्फत आवेदन दिन सकिनेछ । सिंगटी हाईड्रोपावर दोलखा जिल्लामा निर्माणाधि विद्युत आयोजना सञ्चालन गर्दै आएको कम्पनी हो ।

कूल २९ लाख कित्ता आईपिओ मध्ये ५८ हजार कित्ता कर्मचारीको लागि, एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणलाई वितरण गरिने सो कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

चैत्र १० गतेसम्म खुल्ला रहेको आईपिओमा न्यूनतम १० कित्ता आवेदन दिनु उपयुक्त रहेको शेयर बजार क्षेत्रका जानकारहरु बताउँछन् । शेयर बजार विश्लेषक सन्तोषराज बजगाईका अनुसार अहिलेसम्मको प्रवृत्ति हेर्दा सिंगटी हाईड्रो इनर्जी कम्पनीको आईपिओमा पाँच लाख भन्दा बढिले आवेदन दिने र न्यूनतम १० कित्ताको दरले वितरण गर्दा दुई लाख ६९ हजार जनाले मात्रै शेयर प्राप्त गर्ने हुँदा गोला प्रथामार्फत आईपिओ बाँडफाँड हुने सम्भावना रहेको छ । गोला प्रथामार्फत बाँडफाँड हुने आईपिओ न्यूनतम १० कित्ता भन्दा बढि आवेदन दिनुको कुनै अर्थ नरहेको बजगाई बताउँछन् । यद्यपि कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्ने आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको देखाउँछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*