जाल्पा सामुदायिक लघुवित्तले पाँच लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने

७ चैत्र २०७७, शनिबार २०:३४

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच लाख २२ हजार कित्ता आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । सो कार्यको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्ति सम्बन्धी सम्झौता चैत्र ५ गते शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रधान कार्यालय सिमलाचौर पोखरामा सम्पन्न भएको सो कम्पनीले जनाएको छ ।

जाल्पा सामुदायिक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीबीच सम्झौता भएको हो । कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय रहेको जाल्पा लघुवित्तले हाल नेपालको २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।

कूल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निश्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड हुने कम्पनीले जनाएको छ । कम्पनीले बिक्री प्रबन्धक नियुक्ती गरेपछि अबको केही दिन सेबोनमा निवेदन दिने तयारी गरिरहेको बुझिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*