चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

९ चैत्र २०७७, सोमबार १५:५९

काठमाडौं । चन्द्रागिरी हिल्सको सेयरमूल्य सोमबार ९.९९ प्रतिशतले बढेको छ ।

लगातार पोजेटिभ सर्किट लागेको कम्पनीको सेयर मूल्य बढेर  प्रतिकित्ता १५६३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १४२ रुपैयाँले बढी हो ।

सोमबार कारोबारमा आएका १३ समुहमध्ये दुई हरिया देखिएका छन् भने बाँकी समुह पुरै राताम्य देखिएका छन् । २११ कम्पनीको सेयर किनबेच भएको बजारमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यस्तै, उच्च कारोबार भएको अपर तामाकोशीको सेयरमा पनि पोजेटिभ सर्किट लागेको छ । सोमबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२६ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*