बुटवल पावरको २६ लाख ७४ हजार कित्ता शेयर नेप्सेमा सुचिकृत

९ चैत्र २०७७, सोमबार १८:०३

काठमाडौं । विद्युल उत्पादन सम्बन्धी अग्रणी कम्पनी बुटवल पावर कम्पनीको २६ लाख ७४ हजार ७८७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाए अनुसार बुटवल पावर कम्पनीले जारी गरेको १० प्रतिशत बोनस शेयर सम्बन्धी निर्णय साधारणसभाबाट पातिर भई कम्पनीले शेयर दर्ता किताव प्रमाणित गरी सूचिकरण गर्ने निर्णय अनुसारको २६ लाख ७४ हजार ७ सय ८७ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । सूचिकरणसँगै बोनस शेयरको कारोबार खुल्ला भएको छ ।

कम्पनीले कम्पनीले आर्थिक बर्ष ७६।७७ को नाफाबाट १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरि कुल २५ प्रतिशत लाभांश वितरणको गर्ने निर्णय गरेको थियो । नगद लाभांश यसअघि नै शेयरधनीको खातामा पठाइसकेको छ भने बोनस शेयर आज सूचिकृत भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*