नागरिक स्टक डिलरले बीमा कम्पनीको शेयर किन्न नपाउने, बैंक, लघुवित्तका ३९ कम्पनीको शेयर सूचि सार्वजनिक

१० चैत्र २०७७, मंगलवार २१:५१

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले बीमा कम्पनीहरुको सेयर किनबेच गर्न नपाउने भएको छ । शेयर बजारमा चलखेल हुन नदिन स्टक डिलरको रुपमा अघि सारिएको कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबार ३९ वटा कम्पनीको शेयर खरिद गर्न अनुमति दिएको छ ।

स्टक डिलर कम्पनी नागरिक स्टक डिलरले ३९ कम्पनीहरुको सेयर डिलरले किनबेच गर्न पाउनेछ । सो सूचिमा बीमा कम्पनीहरुको नाम नभएपछि कुनै पनि बीमा कम्पनीको शेयर स्टक डिलर कम्पनीले खरिद गर्न सक्ने छैन ।

आज प्रकाशित सूचि अनुसार नागरिक स्टक डिलरले २६ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त, नेपाल टेलिकम र तारागाँउ रेजन्सी होटलको मात्रै सेयर कारोबार गर्न पाउने उल्लेख छ । नेप्सेले धितोपत्र व्यापारी कार्यसंचालन सम्बन्धी कार्यविधि २०७७ अनुसार कम्पनीको सूची तयार पारेको जनाउँदै स्टक डिलरले शेयर खरिद गर्न पाउने सूूचि सार्वजनिक गरेको हो । नेप्से स्थायित्व भएका शेयर कम्पनीहरुरको शेयर खरिद गर्न अनुमति दिएको छ ।

नेप्सेका अनुसार विगत ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताको संख्या कम्तिमा १० हजार नाघेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको विगत एक वर्षको कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबारको भएको हुनुपर्नेछ ।

अधिकृत पूँजी १० अर्ब रुपैयाँ, चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको स्टक डिलर कम्पनीले चुक्तापूँजीको ६ गुणासम्म कर्जा सापटी लिएर दोस्रो बजारमा परिचालन गर्न पाउने व्यवस्था छ । नागरिक स्टक डिलर कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी ९ प्रतिशत शेयर छ । कम्पनीमा सर्वसाधारणको लागि ३० प्रतिशत शेयर सुरक्षित गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*