चन्द्रागिरी हिल्सको शेयरमूल्य २ हजार नाघ्यो

१२ चैत्र २०७७, बिहीबार १५:३७

काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीको सेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लागेपछि कम्पनीको सेयर मूल्य बिहिबार १८९ रुपैयाँले बढेको छ ।

कम्पनीको शेयरमूल्य पछिल्लो २० दिनमा लगातार सर्किट लेभलमा कारोबार भएर २ हजार रूपैयाँभन्दा माथि पुगेको हो । कम्पनीको शेयरमूल्य बिहिबार २ हजार ७९ रुपैयाँ पुगेको छ ।

चन्द्रागिरी हिल्सको गत माघ २५ गतेदेखि नेप्सेमा शेयर कारोबार शुरु भएको हो । कम्पनीले पहिलो शेयर कारोबारको लागि प्रतिकित्ता ९६ रुपैयाँदेखि २९० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो ।

कम्पनीको शेयर कारोबार तल्लो रेञ्जबाट खुलेकै कारण धेरै दिनसम्म लगानीकर्ताले सस्तोमा आफ्नो शेयर बेच्न चाहेनन् । यस कारण बजारमा ठूलो कारोबार नै हुन सकेन । एक सातासम्म शेयरमूल्य पनि खासै बढेन तर कारोबार बढ्न थालेपछि कम्पनीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लेभलमा कारोबार हुन थालेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*