निफ्राको सेयर किनबेच सबैभन्दा बढी, शेयर मूल्य कति पुग्यो ?

१३ चैत्र २०७७, शुक्रबार ११:३६

 

 

 

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य उकालोतर्फ लागेको छ । बिहिबार निफ्राको शेयरमूल्य २७ रुपैयाँले बढेर ६०८ रुपैयाँ पुगेको हो ।

शेयर बजारमा निफ्राको मूल्य उकालो लाग्दा बिहिबार सबैभन्दा धेरै किनबेच तथा कारोबार निफ्राको नै भएको थियो । बजारमा बिहिबार ६ अर्ब ५० करोड बराबरको सेयर किनबेच भएको थियो । जुन अघिल्लो बुधबारको तुलनामा १७ करोड रुपैयाँले नै घटी हो ।

साताको अन्तिम कारोबारमा २०८ कम्पनीको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी निफ्राको सेयर कारोबार भएको हो । कम्पनीको एकैदिन ८९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*