मिथिला लघुवित्तमा नयाँ सञ्चालक नियुक्त

३० चैत्र २०७७, सोमबार १०:२९

काठमाडौं । जनकपुरको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थामा नयाँ सञ्चालक नियुक्त भएका छन् ।

कम्पनीको हिजो सम्पन्न भएको १२ औं बार्षिक साधारणसभाबाट सेयरधनी समुह ख को तर्फबाट मन्दिरा आचार्य आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।

साथै कम्पनीको १२ औं बार्षिक साधारणसभा हिजो सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष श्याम प्रसाद शाहको अध्यक्षतामा बसेको साधारणसभाले वित्तीय विवरणसहरु पारित गर्नुको साथै चालु आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्त गरेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*