नेप्से हालसम्मकै उच्च २६९१ बिन्दुमा, ज्योति लाइफ, महिला लघुवित्तसहितका पाँच कम्पनीको मूल्यमा सर्किट

३० चैत्र २०७७, सोमबार १८:३५

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज शेयर मूल्य हालसम्मकै उच्च बिन्दु कायम भएको छ । नेप्सेमा सोमबार शेयरको मूल्य बृद्धि हुँदा नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । तीन दिन बजार बन्द भएपछि खुलेको शेयर कारोबारमा नेप्से परिसूचक १७.२० अंकले बढेर २६९१.५६ बिन्दुमा पुगेको छ । सोमबारको शेयर मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, क वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७८ अंकले बढेर ४८०.२९ बिन्दुमा पुग्न सफल भएको छ । नेप्सेको इतिहासमा यो अहिलेसम्मको सबैभन्दा धेरै हो ।

कारोबार शुरु भएसँगै उकालो लागेको शेयर बजारमा साढे सात अर्ब ६१ करोड आठ लाख २८ हजार ५० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । सोमबार एकै दिन २१६ कम्पनीको सेयर एक करोड ३६ लाख कित्ता सेयर खरिद–बिक्री भएका छन् । आज शेयर संख्याको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन २५ करोड रुपैयाँ माथिको सेयर खरिद–बिक्री भएको छ ।

सोमबार महिला लघुवित्त र ज्योति लाइफ सहितका पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार सबैभन्दा बढी एनआईसी एशिया लघुवित्तको ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ९४९ रुपैयाँ पुगेको छ । त्यस्तै, महिला लघुवित्त वित्तीय संस्थाको ९.९५ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९.८७ प्रतिशत, ज्योति लाइफ इन्स्योरेन्सको ९.८६ प्रतिशत र सिन्धु विकास बैंकको सेयर मूल्इ ९.८० प्रतिशतले बढेको छ ।

सोमबार सबैभन्दा शेयर मूल्य घट्ने कम्पनीमा साञ्जेन जलविद्युत कम्पनी परेको छ । सो कम्पनीको सेयर मूल्य ४.४१ प्रतिशतले घटेर प्रतिकित्ता ४५५ रुपैयाँमा झरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*