मेट लाइफद्वारा बीमितलाई केवाईसी फारम भर्न सूचना

३१ चैत्र २०७७, मंगलवार ०९:३८

काठमाडौं । मेट लाइफ इन्स्यारेन्स कम्पनीले आफ्ना सबै बीमितहरुलाई केवाईसी फारम अपडेट गर्न सुचना जारी गरेको छ ।
सो कम्पनीले आज एक सुचनामार्फत बीमा समितिद्वारा जारी सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन बमोजिम ग्राहक पहिचान (केवाईसी) फारम भर्न भनेको हो ।

मेट लाइफ इन्स्योरेन्स कम्पनीले केवाईसी फारम भर्न अभिकर्तासँग सम्पर्क राख्न सक्ने समेत जनाएको छ ।

त्यस्तै मेट लाइफले बीमालेख अन्तर्गत प्राप्त हुने अन्तिम परिपक्व भुक्तानी तथा आंशिक भुक्तानी रकमहरु लिनुपर्ने मिति पुरा भएको भएमा कम्पनिमा सम्पर्क राखी भुक्तानी लिन समेत आग्रह गरेको छ । कम्पनीले मेट लाइफ कस्टुमर सर्भिस एप मार्फत समेत त्यस्तो जानकारी लिन सकिने जनाएको छ ।

त्यस्तै कम्पनीले एक लाख रुपैयाँ वा सो भन्दा बढि रकमको बीमा शुल्क नगदमा स्वीकार नगरिने हुँदा बैंकमार्फत बीमा शुल्क भुक्तानी गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*