नेप्सेमा ऐतिहासिक रेकर्ड, मूल्यपरिसूचक २७१४ पुग्यो, कारोबार सात अर्ब माथि

३१ चैत्र २०७७, मंगलवार १५:१५

काठमाडौं । साताको दोस्रो दिन शेयर मूल्यमा उच्च अंकले बृद्धि हुँदा नेप्सेमा ऐतिहासिक रेकर्ड कायम हुन पुगेको छ । मंगलबार शेयर मूल्य २३ अंकले बढ्दा शेयर मूल्य परिसूचक नेप्से २७१४.७९ को नयाँ रेडर्क राख्न सफल भएको छ ।

मंगलबार कूल सात अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स समेत ४८६.२८ पुगेको छ । मंगलबार हालसम्मकै सर्वाधिक २०९ वटा कम्पनीको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*