बोनस शेयरपछि आइएमई जनरल इन्स्योरेन्सको शेयर मुल्य समायोजन

२ बैशाख २०७८, बिहीबार १४:०९

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आइएमई जनरल इन्स्योरेन्सको बोनश शेयर वितरणपछि कायम हुने शेयरको मूल्य समायोजन गरेको छ ।

आगामी साधारणसभाबाट सात प्रतिशत बोनश शेयर वितरण गर्न लागेको कम्पनीले पछिल्लो कारोबार दिनका लागि तोकिएको बुक क्लोज मितिपछि शेयरको मूल्य समायोजन गरेर आजदेखि पुनः कारोबार शुरु गरेको छ ।

पछिल्लो पटक एक हजार २५७ रुपैयाँमा कारोबार भइरहेको शेयरको मूल्य समायोजन पछि एक हजार १७५ रुपैयाँ तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*