सिइडिबी हाइड्रोपावर कम्पनीलाई २५ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति

२ बैशाख २०७८, बिहीबार १४:३५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत उत्पादन गर्ने कम्पनी सिइडिबी हाइड्रोपावर कम्पनीलाई २५ लाख कित्ता भन्दा बढि आईपिओ निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले आजै अनुमति दिएको सो कम्पनीले जनाएको छ । बोर्डका अनुसार सिईडिबी हाईड्रोपावर कम्पनीलाई कूल २५ लाख १८ हजार २३० कित्ता आईपिओ निष्काशन गर्न अनुमति दिएको हो । सो मध्ये ५ प्रतिशत कर्मचारी तथा पाँच प्रतिशत सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको शेयर सर्वसधारणले किन्न पाउने गरी आईपिओ जारी गरिने सो कम्पनीले जनाएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको सो कम्पनीको चुक्ता पुँजि ८३ करोड ९४ लाख १० हजार रुपैयाँ रहेकोमा ३० प्रतिशत आईपिओ जारी गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*