रु रु हाइड्रोपावरको आइपीओ बाँडफाँड आज, कसरी हेर्ने नतिजा ?

३ बैशाख २०७८, शुक्रबार ०५:५०

काठमाडौं । रु रु हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज ८ः ३० बजे आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा बिहान ८:३० बजे आइपीओ बाँडफाँड हुने भएको छ ।

कम्पनीको शेयरमा कुल २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ६९ हजार ५६६ जनाले २ करोड ३३ लाख ७७ हजार२२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ६१ गुणा बढीको आवेदन परेको छ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आइपीओ पाउनबाट वञ्चित हुनेछन् ।

रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि २४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई बिक्री गरिएको थियो । इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ प्रदान गरेको छ ।

कसरी हेर्ने नतिजा ?
रुरु हाइड्रोपावरको नतिजा हेर्नको लागि सिडिएससी एण्ड क्लीयरिङ हाउसको नतिजा हेर्ने पोर्टल https://iporesult.cdsc.com.np/ मा आफ्नो बिओआईडी राखेर हेर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*