३७ हजार ९१६ जनाले पाए रुरु जलविद्युत परियोजनाको आईपिओ, साढे १५ लाखको हात खाली

३ बैशाख २०७८, शुक्रबार ०९:३६

काठमाडौं । रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गरिएको आईपिओ बाँडफाँड गोलाप्रथाको सहयोग लिइएको सो कम्पनीले जनाएको छ । आज वितरण गरिएको आईपिओ शेयर आवेदन दिएका कूल १५ लाख ९० हजार ८९६ जना आवेदक मध्ये ३७ हजार ९१६ जनाले पाएका छन् । आईपिओ भरेका मध्ये १५ लाख ५२ हजार ८९० जनाको हात खाली भएको छ । त्यसो त आवेदन रद्द भएका आठ हजार ५३५ जनाको हात समेत खाली हुन पुगेको छ ।

कम्पनीले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएकोमा कुल निष्काशनमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको हो ।

चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको कम्पनीको आईपिओ निष्काशन सम्बन्धी प्रक्रिया पूरा भएपछि कूल चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ कायम हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*