लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड ४० लाख लाभांश वितरण गर्ने

४ बैशाख २०७८, शनिबार २०:३८

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट ११ करोड ४० लाख ८० हजार रुपैयाँ मुनाफा वितरण गर्ने भएको छ । कम्पनीको गत बिहिवार बसेको सञ्चालक समितिले बैठकले आर्थिक वर्ष २०७६।०७७ को वित्तीय विवरण पारित गर्दै शेयरधनीहरुलाई चुक्ता पुँजिको १० प्रतिशत अर्थात ११ करोड ४० लाख ८० हजार रुपैयाँ बोनस र नगद लाभांश दिने प्रस्ताव अघि बढाउने निर्णय गरेको सो कम्पनीले जनाएको छ ।

कम्पनीले वितरण गर्न लागेको लाभांश मध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको नगद (कर प्रयोजनको लागि समेत) लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात मात्रै लगानीकर्ताले प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*