एकै दिन ६५ अंकले घट्यो नेप्से, कारोबार भने साढे छ अर्बमाथि

१३ बैशाख २०७८, सोमबार १५:१२

काठमाडौं । कोरोना महामारीका कारण लकडाउनको हल्लासँगै साताको दोस्रो दिन पुँजिबजारमा व्यापक उतार चढाव आएको छ । सोमबार मूल्य परिसूचक नेप्से ६५.५८ अंकले घटेर २५०६.५९ मा आईपुगेको छ । गत साता २७०० माथि रहेको नेप्से हिजो आइतबार ७५ अंकले घटेको थियो भने आज ७० अंकले घटेको हो ।

सोमबार बिशाल बजार कम्पनी र महिला लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपनि अन्य थोरै मात्रै कम्पनीको शेयर मूल्य बृद्धि भएका थिए । त्यसैगरी, रिलायन्स फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको मूल्य उच्च अंकले घटेका छन् । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी, नेपाल पूर्वाधार बैंक लगायतका ठूला शेयर संख्या भएका कम्पनीहरुको मूल्य उच्च अंकले घट्ना बजारमा प्रभाव परेको हो ।

सोमबार छ अर्ब ५९ करोड नौ लाख २८ हजार २०२ रुपैयाँको शेयर कारोबार भएको छ । कूल २२० वटा कम्पनीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

लगातार घट्ने क्रममा रहेको नेप्सेमा साताको दोस्रो दिन आधा घण्टामै ५५ अंक भन्दा बढिले तल झरेको थियो । पछि केही सम्हालिएको बजार पुनः पुरानै अवस्थामा फर्किन सफल भएपनि हिजोदेखि सुरु भएको पहिरो अन्ततः रोकिन सफल भएन् । बन्द हुनु चार मिनेट अघिसम्म ७० अंकले घरिहेको शेयर मूल्य अन्तिम समयमा केही बृद्धि भएपछि नेप्सेमा राहत भएको हो ।

लगातार शेयरको मूल्य घटेपछि लगानीकर्ताहरु तनावमा परेका छन् । शेयर कारोबार मुख्य पेशा बनाएका तथा अन्य पेशा व्यवसाय गर्दै फुर्सदको समयमा शेयर कारोबार गर्दै आएकाहरु मूल्यमा आएको ह्राससँगै अत्तालिन थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*