नेपाल पुनर्बीमा कम्पनीका दुई सञ्चालक पुनः नियुक्ती

२० बैशाख २०७८, सोमबार १६:२४

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकद्वय पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो । पाण्डे शिखर इन्स्योरेन्सका सिईओ हुन् भने डा. अर्याल राष्ट्रिय बीमा कम्पनीका सिईओ हुन् ।

कम्पनीको बैशाख १९ गते बसेको संचालक समितिको बैठकले दुई संचालकलाई पुनः नियुक्त गर्ने निर्णय गरेको सो कम्पनीले जनाएको छ । उक्त बैठकको निर्णयलाई कम्पनीको अगामी वार्षिक साधारणसभाले अनुमोदन गर्ने छ ।

नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनी संचालक समितिमा प्रतिनिधित्व गरिरहेका दुई सञ्चालक पाण्डे र अर्यालको पदावधि समाप्त हुँदै थियो । कम्पनीमा सञ्चालकहरु रिक्त हुन नदिन यस्तो निर्णय गरेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*